Main News

प्रधानन्यायाधीश जबरालाई आज दिउँसोसम्म राजीनामा दिन बारको अल्टिमेटम

हिमालय टिभी
२०७८ मंसिर ३ गते ९:१३
प्रधानन्यायाधीश जबरालाई आज दिउँसोसम्म राजीनामा दिन बारको अल्टिमेटम

३ मंसिर २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज दिउँसो ३ बजेसम्म राजीनामा दिन समयसीमा दिएको छ ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालत प्रवेशमा अवरोध गर्न बारले धर्ना दिँदै आएकोमा आज ३ बजेसम्म राजीनामा नदिए थप आन्दोलनको कार्यक्रम घोषणा गरिने बार एशोसियसनका सदस्य खिमानन्द अधिकारीले बताउनुभयो ।

सर्वोच्च अदालतको बाहिर बारको नेतृत्वमा हुँदै आएको धर्नामा प्रहरीले दमन गरेको भन्दै कानून व्यवसायीले भने अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिएका छन्। हिजो भएको आन्दोलनको क्रममा अधिवक्ता ओमप्रकाश अर्यालले प्रहरी दमन मानव अधिकारविरुद्धको विषय रहेको भन्दै अन्तर्राष्ट्रियकरण गर्ने चेतावनी दिनुभयो ।

यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आन्दोलित कानून व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गरेको छ।

बार एशोसिएशनको नेतृत्वमा भएको आन्दोलनको आयोगले मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरेको थियो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै कानुन व्यवसायीमाथि अनावश्यक बल प्रयोग नगर्न अनुरोध गर्नुभएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *