Main News

तुवाँलोले पारदर्शितामा कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह

हिमालय टिभी
२०७८ मंसिर ३ गते ६:४९
तुवाँलोले पारदर्शितामा कमी आएपछि यातायातमा सतर्कता अपनाउन आग्रह

३ मंसिर २०७८ काठमाडौं । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मुलुकका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको छ ।

सो प्रणालीको प्रभावले वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बुलेटिनमार्फत देशका अधिकांश भूभागमा मौसम बदली भई चिसो बढ्ने क्रममा रहेको र तुवाँलोका कारणले पारदर्शितामा समेत कमी आउनसक्ने भएकाले सडक तथा हवाई यातायात क्षेत्रमा समेत आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैगरी महाशाखाले बुलेटिनमार्फत मुलुकका केही भूभाग आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावाना रहेको आगामी तीन दिनसम्मको मौसमी विवरण प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *