Main News

आज र भोलि देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने

हिमालय टिभी
२०७८ मंसिर २ गते ९:०४
आज र भोलि देशभरीको मौसम पूर्ण रुपमा नखुल्ने

२ मंसिर २०७८ काठमाडौं । आज र भोलि देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् ।

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावले आज र भोलि देशभरको मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका हुन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँको मौसम आशिंकदेखि सामान्य बदली हुनेछ ।

आजको भन्दा भोलि मौसम धेरै बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । भोलि दिउँसो उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको उहाँको भनाइ छ ।

दिउँसो मौसम बदली भएसँगै अधिकतम तापक्रम पनि घट्ने मौसमविद् बासीले बताउनुभयो । तर राति मौसम बदली हुँदा बिहान भने चिसो केही कम हुने उहाँको भनाइ छ ।

राति आकाश खुल्दा जमिन चिसो भएर बिहान न्यूनतम तापक्रम घट्छ । तर राति बादल लागे जमिन चिसिन पाउँदैन र न्यूनतम तापक्रम बढ्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *