Main News

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम यक्ष प्रश्नको शतक पूरा

हिमालय टिभी
२०७८ मंसिर १ गते १९:१४
हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम यक्ष प्रश्नको शतक पूरा

१ मंसिर २०७८ काठमाडौं । हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम यक्ष प्रश्नले शतक पूरा गरेको छ ।

पोहोर मंसिर मध्यबाट शुरु भएको कार्यक्रम यक्ष प्रश्नको सयौँ अंक आज राति ९ बजे प्रसारण हुने छ । कार्यक्रमको सयौँ शृंखला पूरा गरेको अवसरमा हिमालय टेलिभिजनले शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरेको छ ।

कार्यक्रममा कार्यक्रम प्रस्तोता तथा हिमालय टेलिभिजनका न्यूज चिफ राजेन्द्र बानियाँले यक्ष प्रश्नका आगामी शृंखला अझै परिस्कृत हुने बताउनुभयो ।

राजनीतिले जनताको दशा सुधार्नुको साटो निरासाको विनीमय गरिरहेको स्थितिमा कार्यक्रमका धेरैजसो शृंखला राजनीतिमा केन्द्रित भए पनि यक्ष प्रश्नमा अन्य विषयले पनि स्थान पाउने गरेको उहाँले बताउनुयभो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *