Main News

राहदानी विभागमा यस्तो भीड, रातभर जाग्राम बसेकामाथि प्रहरीको लाठी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते १८:१२
राहदानी विभागमा यस्तो भीड, रातभर जाग्राम बसेकामाथि प्रहरीको लाठी (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ काठमाडौं । स्वदेशमा रोजगार पाइए विदेश जाने रहर कसलाई पो हुँदो हो ? सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने दाबी गरेपनि विदेश जानुपर्ने बाध्यता हटाउन सकेको छैन ।

दशैं–तिहार जस्ता चाडपर्व सकिएपछि वैदेशिक रोजगारका लागि राहदानी बनाउनेको भिड बढेको छ । रातभरदेखि लाइनमा बसेर राहदानी बनाउन पुगेका नागरिकमाथि प्रहरीले लाठ्ठी चार्ज गर्‍यो । यस्तो पीडा कहिलेसम्म झेल्नुपर्ने ?

यो दृश्य कुनै मेला पर्वको होइन । यो त वैदेशिक रोजगारीमा जानका लागि राहदानी बनाउनेको लाइन हो । जाग्रम बसेरै राहदानीका लागि पालो पर्खिएका यी नागरिकहरुका लागि सहज छैन, राहदानीका लागि फारम भर्न ।

रातभर चिया र चाउचाउको भरमा लाइन बसेका यी नागरिकहरुमाथि प्रहरीले हस्तक्षेप गर्यो । संख्या बढ्दै जाँदा व्यस्थित गर्ने नाममा प्रहरीको लाठ्ठी चार्जले थप पीडा दिएको छ ।

विदेश जानु कुनै रहर होइन, बाध्यता हो । स्वदेशमा भनेजस्तो काम नपाउने भएपछि धेरै युवाहरु विदेशिनुको विकल्प देख्दैनन् ।

भिड व्यवस्थापनका विकल्पहरु खोज्नुको सट्टा बल प्रयोगले सरकारको गैरजिम्मेवारपना झल्काएको छ । राहदानी लिन पुगेका नागरिकहरुले सहज किन नबनाएको भन्दै प्रश्न गरेका छन् ।

देश संघीय संरचनामा गएपनि सरकारले व्यवहारमा नउतारेको कतिपयको तर्क छ । हरेक प्रदेशबाटै राहदानी दिने व्यवस्था मिलाए संघीयताको पनि अर्थ रहने उनीहरुको सुझाव छ ।

काठमाडौंसम्म आइपुग्दा पनि सहजै राज्यले उपलब्ध गराउनुपर्ने राहदानी लिनैका लागि नागरिकले कहिलेसम्म सकस पाइरहने ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *