Main News

न्यायालयको समस्या समाधानमा अग्रसरता लिन पत्रकार महासंघको आग्रह

हिमालय टिभी
२०७८ मंसिर १ गते १७:११
न्यायालयको समस्या समाधानमा अग्रसरता लिन पत्रकार महासंघको आग्रह

१ मंसिर २०७८ काठमाडौं । नेपाल पत्रकार महासंघले संसद्, सरकार र राजनीतिक दललाई सर्वोेच्च अदालतको समस्या समाधानका लागि अग्रसरता लिन अपिल गरेको छ ।

महासंघले सर्वोच्च अदालतमा लामो समयदेखि गम्भीर समस्या उत्पन्न हुँदा जननिर्वाचित संसद्, सरकार र राजनीतिक दलले देखाएको आश्चार्यजनक मौनताप्रति ध्यानाकर्षण भएको भन्दै समस्या समाधानको पहल गर्न आग्रह गरेको हो ।

महासंघले विज्ञप्तिमार्फत नेपाल बार एसोसिएसनले उठाएका सवाल र नागरिक तहबाट उठेका प्रश्नलाई गम्भीर रूपमा लिँदै उच्च नैतिकता प्रदर्शन गर्न र गतिरोध अन्त्य गरी अदालतको गरिमाको रक्षा गर्न न्यायालय नेतृत्वलाई आग्रह समेत गरेको छ ।

विज्ञप्तिमा सर्वोच्चमा देखिएको गतिरोधले जनता न्याय प्राप्त गर्ने हकबाट समेत वञ्चित हुनुपरिरहेको भन्दै अदालतप्रतिको भरोसा कमजोर हुने खतरा उत्पन्न हुनसक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

महासंघले आन्दोलनरत पक्षलाई पनि अदालतको गरिमा र मर्यादाको ख्याल पुर्‍याउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *