Main News

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

हिमालय टिभी
२०७८ मंसिर १ गते ८:५५
प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

१ मंसिर २०७८ काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिनु हुने भएको छ ।

मुख्यमन्त्री राईले हिजो नै विश्वासको मत लिने तयारी भएपनि त्यसो हुन सकेन । हिजोका लागि बोलाइएको प्रदेशसभा बैठक शुुरु हुनासाथ स्थगित भएपछि राईले आज विश्वासको मत लिने तयारी छ ।

हिजो प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का सांसद उपस्थित नभएपछि बैठक आज बिहान साढे ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले विश्वासको मतसम्बन्धी प्रस्ताव गत आइतबार संसद सचिवालयमा दर्ता गराउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *