राजनीति

पार्टीका बैठक सरकारी र निजी आवासमा गर्ने भए पार्टी कार्यालय किन ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३० गते २०:५२
पार्टीका बैठक सरकारी र निजी आवासमा गर्ने भए पार्टी कार्यालय किन ? (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ काठमाडौं । प्रायः सबैजसो राजनीतिक दलका कार्यालय छन् । तर, ति कार्यालयहरुमा पार्टीका बैठकहरु हुँदैनन् । पार्टीका बैठकहरु सरकारी आवास वा दलका नेताको निजी आवासमा हुँदै आएका छन् । त्यसो भए पार्टी कार्यालय किन त ? भन्ने प्रश्न उब्जिएको छ ।

सत्ताको दुरुपयोग नेपाली राजनीतिमा नौलो हुनै छाड्यो । सत्ता र शक्तिमा हुँदा शीर्ष नेताहरूको निवासमा वा सरकारी आवासमा पार्टीको बैठकदेखि कार्यकर्ताहरुसँगको भेटघाट बाक्लै हुने गरेको छ । पार्टी कार्यालय खाली हुन्छन्, नेताका निवास भरिभराउ हुने गरेको छ ।

कांग्रेस, एमाले, माओवादी तथा अन्य दलका नेतृत्वले पनि शक्तिको दुरुपयोग गर्दै पार्टीको बैठक होस् वा राजनीतिक भेटघाट निवासमा राख्ने प्रचलन बढ्दैछ । राजनीतिक दलका बैठक निजी निवासमा गर्ने प्रवृत्ति प्रमुख दलका नेताहरुमा धेरै देखिने गरेको छ । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पार्टीको बैठक निवासमै सीमित गर्न थाल्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा पार्टीको धेरै जसो बैठक सरकारी निवास बालुवाटारमा हुन्थ्यो । देउवाले पनि प्रधानमन्त्री भएकै दिन दलको बैंठक बालुवाटारमा राख्नुभएको थियो ।

ओलीकै सिको गरेको भन्दै आलोचना बढेपछि पार्टीको बैठक बालुवाटार नगर्ने निर्णयमा देउवा पुग्नुभयो । तर, प्रधानमन्त्री भएपछि उहाँले पार्टी कार्यालयमा पाइला टेक्नै भएको छैन । बरु, आफ्नो निवास वुढानिलकण्ठमा बैठक बोलाउँदै आउनुभएको छ । पदाधिकारी होस् वा केन्द्रीय समिति बैठक आफ्नै निवासमा गर्न थालेपछि कांग्रेसभित्र पूर्वपदाधिकारीहरुले नै असन्तुष्टि राख्न थालेका छन् ।

पार्टी बैठकस्थल नेताको घरमा हुनु असामान्य हो तर, सामान्य जस्तै हुन थालिसक्यो । आफ्नै निवासमा बैठक राख्ने हो भने पार्टी कार्यालय के का लागि भन्दै प्रश्न पनि उठ्न थालेका छन् ।

कार्यलय र निजि निबास नेतारकार्यकर्ताको निजी भेटघाटलाई सामान्य मानिए पनि पार्टीका औपचारिक बैठक कार्यालयमा नहुनुले प्रणालीलाई नै ध्वस्त बनाउँदै गएको छ । निवासलाई दलको कार्यलय बनाउनु कुनै पनि दृष्टिकोणले उचित होइन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *