Main News
एमालेको आग्रहमा प्रदेश १ को प्रदेशसभा बैठक स्थगित
२०७८ कार्तिक ३० गते १४:५४
३० कात्तिक २०७८ काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको आग्रहमा बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द रहेकाले आफ्ना सांसद अनुपस्थित हुने कारण देखाउँदै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो ।
आज बोलाइएको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने कार्यसूची थियो । भोलि साढे ११ बजे बोलाइएको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिनुहुने बताइएको छ ।
प्रतिक्रिया