Main News

दिल्लीमा देखिएको प्रदुषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि

हिमालय टिभी
२०७८ कार्तिक ३० गते ८:२७
दिल्लीमा देखिएको प्रदुषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि

३० कात्तिक २०७८ विराटनगर । भारतको राजधानी नयाँदिल्लीको प्रदूषणको प्रभाव नेपालको तराई क्षेत्रमा पनि देखिएको छ ।

वातावरण विभागको तथ्यांकअनुसार हिजो साँझ साढे ६ विराटनरमा वायुको गुणस्तरको मात्रा सबैभन्दा खराब स्थितिमा पुगेको थियो।

त्यहाँ वायु गुणस्तर सूचकांकको मात्रा ३०२ माइक्रोग्राम प्रतिघनमिटर पुगेको छ, जुन अत्यन्त घातक हो । यो सूचकांक दुई सय नाघ्नुलाई अति अस्वस्थकर र तीन सय नाघ्नुलाई घातक मानिन्छ ।

आइतबार विराटनगरमा यो सूचकांक एक सय ९७ थियो । कञ्चनपुरको भीमदत्तनगरमा आइतबार साँझ यो मात्रा चार सय ६० पुगेको थियो । त्यसमा सुधार भई सोमबार १७६ मा झरेको छ ।

त्यस्तै, सोमबार सिमरामा एक सय ८४, धनगढीमा एक सय ५५, जनकपुरमा एक सय सात पुगेको छ भने काठमाडौंको कीर्तिपुरमा पनि एक सय १३ पुगेको छ । हिउँदयाममा नेपालको वायु सामान्यतः प्रदूषित हुने गर्छ । त्यसमा पनि भारतीय क्षेत्रको प्रदूषणको प्रभावले पनि प्रदूषण बढ्ने गरेको छ ।

काठमाडौंको वायु खराब भइ नसकेको भए पनि तराईमा असर पर्न थालेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द लामिछाने बताउनुभयो । हिउँदमा हावा पश्चिमबाट पूर्व बहने भएकाले दिल्ली तथा भारतीय सीमा क्षेत्रको प्रदूषणले नेपालमा असर गर्छ ।

हिउँद लागेसँगै नयाँदिल्लीमा प्रदूषणको मात्रा डरलाग्दो गरी बढेको छ । हावाको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको तथ्यांकअनुसार आइतबार साँझ दिल्ली विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा थियो । अहिले दिल्लीमा आपत्काल घोषणा गरिएको छ र विद्यालयहरू बन्द गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *