Main News

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी, २० घर जलेर नष्ट

हिमालय टिभी
२०७८ कार्तिक ३० गते ७:५४
मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी, २० घर जलेर नष्ट

३० कात्तिक २०७८ मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

गएराति सदरमुकाम गमगढीको पुरानो बजारमा आगलागी भएको हो । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गएराति साढे १२ बजेतिर आगलागी शुरु भएको जानकारी दिनुभयो ।

आगलागीको जानकारी आउनेवित्तिकै देखि निभाउने प्रयास जारी रहेको बताउँदै प्रमुख जिल्ला अधिकारी महतले घरहरु जोडिएकाले ठूलो क्षति भएको जानकारी दिनुभयो ।

२० घर जलेर पूर्णरुपमा नष्ट भएको र अन्यत्र आयो फैलन नदिन एउटा घर भत्काइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।

राराछायानाथ नगरपालिका–१ गमगढी बजारमा लागेको आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *