Main News

काठमाडौं-पोखराको दूरी २ घण्टामा झार्ने अर्थमन्त्रीको गफ पत्याउनै गाह्रो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २९ गते २०:४५
काठमाडौं-पोखराको दूरी २ घण्टामा झार्ने अर्थमन्त्रीको गफ पत्याउनै गाह्रो (भिडियो रिपोर्टसहित)

२९ कात्तिक २०७८ काठमाडौं । सामान्यतया अहिले काठमाडौंदेखि पोखरासम्मको सडक यात्राको अवधि ६ घण्टा हो । तर अर्थमन्त्री जनार्दन शर्माले केही दिनअघि पोखरा पुगेर अब २ घण्टामा छोट्याउने योजना सुनाउनुभयो ।

सरकारले विकास निर्माणको योजना बनाउनु स्वभाविक हो, तर काठमाडौं उपत्यकाकै सडकका सामान्य खाल्डो पुर्न वर्षौँ लगाउने र शुरु गरिएका आयोजनाले वर्षौँसम्म पूर्णता नपाउने परिस्थितिमा नेतृत्वको यस्तो योजनालाई जनताले पत्याउन सकेका छैनन् ।

पोखरामा आयोजित एक छलफल कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले पोखरा–काठमाडौं सडक यात्रालाई दुई घण्टामा छोट्याउने योजना सुनाउनुभयो । उहाँले यसका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग सुरुङ मार्ग बनाउने की वैकल्पिक मार्ग नै निर्माण गर्ने भन्नेबारेमा छलफल भइरहेको भन्न भ्याउनुभयो । तर विज्ञहरु यसलाइ सपना मात्रै मान्छन् ।

नेतृत्वमा पुगेकाहरुले मुलुकको विकास र समृद्धिका लागि योजना बनाउनु ठिकै हो । तर नेताहरू योजना बनाउन भन्दा पनि सपना बेच्न सिपालु छन् ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको ‘घरघरमा ग्यास पाइप’ पुर्‍याउने, चिनियाँ चुच्चे रेलदेखि प्रशान्त महासागरमा नेपाली झण्डा जडित पानीजहाज हुँइक्याउनेसम्मका योजनाहरु सुनेर थाकेका जनतालाई अर्थमन्त्री शर्माको योजनाले कत्ति आशावादी बनाएन । छिमेकी मुलुकहरुको विकासको गतिलाई हेर्ने हो भने यो असम्भव कदापी होइन तर राजनीति ईच्छाशक्ति, अस्थिरता र नेपालको भू–धरातलका कारण त्यो असम्भव प्रायः कुरा हो ।

अरु त अरु करिब तीन किलोमिटर लम्बाइको काठमाडौं–नागढुङ्ग सुरुमार्गका कारण विस्थापित भएका जनतालाई अझै स्थानान्तरण गर्न सकिएको छैन । ७ किलोमिटरको टोखा–छहरे सुरुङमार्ग वर्षौँदेखि अध्ययनमै सिमिति छ ।

मेलम्चीको पानी सबैको घरघरमा पुग्न नपाउँदै अब कहिले आउने हो अन्यौल छ । वर्षौँ अघि सुरु गरिएका राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था उस्तै छ। विकास निर्माणमा निकै दयानीय अवस्था रहेको मुलुकमा करिब २ सय किलोमिटर सुरुङ्ग मार्ग बनाउने र दूरी २ घण्टामा छोट्याउने कुरा हाम्रो जस्तो मुलुकका लागि असम्भव छ ।

पदमा भएको बेला कागज र भाषणबाट दिवासपना बाँड्ने तर कार्यान्वयनको क पनि उच्चारण नगर्ने परम्परा हाम्रो नेतृत्वमा छ । यस्तो अवस्थामा अर्थमन्त्रीको यो भाषणले उहाँले पनि कतै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै पदचाप पछ्याउनु भयो की भन्ने भान जनातमा परको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *