कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ४१६ संक्रमित थपिँदा २७० संक्रमणमुक्त
२९ कात्तिक २०७८ काठमाडौं । नेपालमा ४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको पीसीआर परीक्षणमा ३ सय ६७ र ४ हजार ८ सय ४८ जनाको एन्टीजेन परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । यो कूल संक्रमणको ३ दशमलब तीन पाँच प्रतिशत हो ।
थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ८७ जना छन् । जसमा काठमाडौँका १ सय २६, ललितपुरका ४३ र भक्तपरका १८ जना छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मोरङका २३ जना छन् ।
पछिल्लो पटक २ सय ७० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३ सय ११ जना छन् ।
त्यसैगरी आइसीयूमा २ सय २५ र ६६ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ । थप एक जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७८ पुगेको छ । पछिल्लो पटक ७४ हजार ४ सय ५२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया