Main News

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १७:१९
प्रदेश १ का मुख्यमन्त्री राईद्वारा विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता

२८ कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज प्रदेशसभामा प्रस्ताव दर्ता गराउनु भएको छ ।

दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण राईले स्वकीय सचिव सन्दीप राईमार्फत आज प्रस्ताव दर्ता गराउनु भएको हो । पर्सि दिउँसो साढे १२ बजे प्रदेशसभा बैठक बस्नेछ ।

कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का नेता राई मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । पर्सि विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने राईको तयारी छ ।

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता पक्ष गठबन्धनमा रहेका दलहरू नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा गरी ५० जना सांसद् छन् । प्रदेश १ को प्रतिपक्षमा एमालेका ४० र राप्रपाका एक जना सांसद् छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *