कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, ३०६ संक्रमित थपिँदा ३४८ संक्रमणमुक्त

२८ कात्तिक २०७८ काठमाडौं । पछिल्लो पटक देशभर ३ सय ६ जना कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा ६ जनाको मृत्यु भएको छ ।
नौ हजार ६ सय ६ वटा नमुनाको परीक्षण गर्दा ३ सय ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विवरण अनुसार ८ हजार ८ जनाको पीसीआर बिधीबाट र १ हजार ५९८ जनाको एन्टीजेन बिधिबाट परिक्षण गरिएको थियो ।
जसमा पीसीआर बाट २९१ र एन्टीजेन विधिबाट नमुना परीक्षण गर्दा १५ जना संक्रमित भेटिए । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७६, भक्तपुरमा ८ र ललितपुरमा २९ जना गरी उपत्यकामा १ सय १३ जना थपिएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ रहेका छन् । त्यसैगरी आइसीयूमा २२२ र भेन्टिलेटरमा ६७ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ । आज थप ३४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २१५ जना रहेको छ । पछिल्लो पटक संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४ सय ७७ पुगेको छ ।
प्रतिक्रिया