प्रधानन्याधीशलाई पदच्यूत गर्न कानून व्यावसायीको माग (भिडियो रिपोर्टसहित)
२८ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानून व्यवसायीहरुले राणालाई पदच्यूत गर्नुपर्ने माग अघि सारेका छन् ।
सर्वोच्च अदालतको परिसरमा आज पनि धर्ना दिएका कानून व्यवसायीहरुले राणाले सहज बहिगर्मन नखोजेकाले पदच्यूत गर्नुपर्ने माग गरेका हुन् ।
धर्नामा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राणालाई पदच्यूत गर्नुको विकल्प नभएको बताउनुभयो ।
धर्ना कार्यक्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश राणा एक मिनेट पनि पदमा बस्न लायक नभएको बताउनुभयो ।
बारले आजबाट सर्बोच्चका दुबै गेटमा धर्ना दिने बताए पनि प्रहरीले महान्यायाधीवक्ताको कार्यालय पट्टिको गेट खाली गराएको थियो । प्रहरीले खाली गराएको गेटबाटै प्रधानन्यायाधीश राणा सर्वोच्च प्रवेश गर्नुभएको थियो ।
त्यसक्रममा प्रहरी र कानूनव्यवसायीहरुबीच सामान्य झडप भएको थियो । प्रहरीको हस्तक्षेपपछि कानून व्यवसायीहरु आक्रोशित बनेका थिए । बारले भोलि दुबैगेटमा धर्ना दिने चेतावनी दिएको छ ।
प्रतिक्रिया