Main News

सर्वोच्चको गेटमा आज पनि बारको प्रदर्शन, प्रधानन्यायाधीश वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश

हिमालय टिभी
२०७८ कार्तिक २८ गते १३:३१
सर्वोच्चको गेटमा आज पनि बारको प्रदर्शन, प्रधानन्यायाधीश वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश

२८ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलित नेपाल बार एशोसिएशनले आज पनि सर्वोच्च अदालतमा प्रदर्शन गरेको छ ।

बार सम्बद्ध काठमाडौं उपत्याकाका तीन वटै जिल्ला र काभ्रेका कानून व्यवसायीले बिहान साढे ९ बजेदेखि २ घण्टा सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन् ।

बारले प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेश गर्न समेत अवरोध गर्दै आएको छ । आजको धर्नामा प्रधानन्यायाधीश बारको आन्दोलनलाई छल्दै वैकल्पिक ढोकाबाट अदालत प्रवेश गर्नुभयो ।

आज बारले मुल ढोकासहित वैकल्पिक ढोकामा समेत धर्ना दिने बताएको थियो । तर बारको अवरोधका बीच प्रधानन्यायाधीश राणा बिहान पौने ११ बजे सर्वोच्च अदालत छिर्नु भयो ।

बारको आन्दोलनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । प्रहरी र कानून व्यवसायीबीच केहीबेर घम्साघम्सीसमेत परेको थियो । यसअघि शुक्रबार भएको धर्नामा पनि तनावको अवस्था सिर्जना भएको थियो ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै भइरहेको आन्दोलनलाई नेपाल बार एशोसिएशनले भोलिदेखि सर्वोच्च अदालत केन्द्रित गर्ने भएको छ । प्रधानन्यायाधीश जबराको समर्थनमा केही युवाले प्रदर्शन गर्दै बाझाबाझ गर्न खोजेपछि आन्दोलनरत कानून व्यवसायीहरु आक्रोशित भएका छन् ।

भिजिलान्ते प्रयोग गरेर अदालतसम्म भिड्न पठाइएको भन्दै बारका महासचिव लीलामणि पौड्यालले यसको जिम्मेवारी प्रधानन्यायाधीश राणाले लिनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *