Main News

आज देशका पहाडी भूभागमा मौसम बदली हुने

हिमालय टिभी
२०७८ कार्तिक २८ गते ९:०३
आज देशका पहाडी भूभागमा मौसम बदली हुने

२८ कात्तिक २०७८ काठमाडौं । आज देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो प्रदेश १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

गण्डकी प्रदेशका हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना रहेको पनि महाशाखाको बुलेटिनमा उल्लेख छ ।

महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *