Main News

रौतहटमा भएको कार दुर्घटनामा चार जना भारतीय नागरिकको मृत्यु

हिमालय टिभी
२०७८ कार्तिक २८ गते ८:१७
रौतहटमा भएको कार दुर्घटनामा चार जना भारतीय नागरिकको मृत्यु

२८ कात्तिक २०७८ रौतहट । रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चौकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके १२८.२९०० कार सदरमुकाम गौरभन्दा ६ किलोमिटर उत्तर झुनखुनवा चोक नजिकै शनिबार राती ९ बजे अनियन्त्रित भएर कार बाटो छेउतलामा​ खसेको थियो ।

नहर नजिकै नियमित ड्युटीमा रहेको प्रहरीले कार दुर्घटना भएर पानीमा डुबेको देखेपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट थप मद्दत मगाई उद्धार गर्दागर्दै चारैजनाको मृत्यु भइसकेको प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिनुभयो।

मृतकहरुको सनाखत हुन सकेको छैन। चारै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको घिमिरेले बताउनुभयो ।

भारतको बिहारमा मदिरामाथि प्रतिबन्ध लगाएकाले सिमावर्ती भारतीय बजारका मानिस मदिरा सेवन गर्न गौर चन्द्रनिगाहपुर लगायतका बजारमा आउने गर्छन् । चन्द्रनिगाहपुरबाट अत्यधिक मदिरा सेवन गरेर भारत फर्कने क्रममा उक्त दुर्घटना भएको हुनसक्ने स्थानीयको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *