Main News
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भोलि रातिसम्म निषेधाज्ञा
२०७८ कार्तिक २७ गते १८:२७

२७ कात्तिक २०७८ धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा निषेधाज्ञा जारी गरेको छ ।
जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा साम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले रुपैठामा सम्प्रादायिक सदभावमा खलल पुग्नेगरी नारा, जुलुस र हुलहुज्जत गरिरहेको सूचना आएपछि निषेधाज्ञा जारी गरेको जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी बास्तोलाले तेलिया पोखरीमा छठ पूजाका लागि घाट निर्माण गर्ने विषयमा स्थानीयले अवरोध गरेपछि यो विवाद शुरु भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया