कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, २९५ संक्रमित थपिँदा ४७८ संक्रमणमुक्त
२७ कात्तिक २०७८ काठमाडौं । नेपालमा २ सय ९५ जना कोरोना संक्रमित थपिएका छन् भने थप दुई जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षणमा २ सय ६० र ३ हजार १८ जनाको एन्टिजेन परीक्षणमा ३५ गरी ३ सय ९७ जनामा कोरोना संक्रमण देखिएको हो ।
यो कूल परीक्षणको ३ दशमलब पांच सात प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका १ सय १८ जना छन् । उपत्यका बाहिर झापामा सबैभन्दा बढी ३० जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक २ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७१ पुगेको छ । ४ सय ७८ जना संक्रमणमुक्त भएका छन । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ७८ रहेको छ ।
जसमध्ये १ सय ९३ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् । पछिल्लो पटक ३४ हजार ७ सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया