Main News
ट्रिपिङ समस्या समाधान गरेर भरपर्दो विद्युत सेवा दिन्छौंः कुलमान घिसिङ (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक २७ गते १७:१०
२७ कात्तिक २०७८ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रिपिङ समस्या अन्त्य गरेर भरपर्दो विद्युत सेवा उपलब्ध गराउने बताउनु भएको छ ।
बुटवलमा पत्रकारहरूसँग कार्यकारी निर्देशक घिसिङले निर्माणाधिन सवस्टेसन सम्पन्न भएलगत्तै प्रशारण लाइनहरुको समेत स्तरोन्नती गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउँदै प्रयोगमा प्रोत्साहन गरिने बताउनुभयो ।
उत्पादन भएका विद्युतलाई सकेसम्म नेपालभित्रै उपभोग गर्ने रणनीति अनुसार उद्योगहरुले मागेजति विद्युत उपलब्ध गराइने उहाँले बताउनुभयो ।
उद्योग, विद्युतीय सवारीको प्रयोग तथा खाना पकाउनका लागि इन्डक्सन चुल्होको प्रयोगलाई प्रोत्साहन गर्नेगरी शुल्कमा समेत छुटका व्यवस्थालाई जोड दिइने घिसिङले बताउनुभयो ।
प्रतिक्रिया