Main News

जनगणनालाई सफलतापूर्वक सम्पन्न गराउन सभामुखको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २७ गते १४:२९
जनगणनालाई सफलतापूर्वक सम्पन्न गराउन सभामुखको आग्रह (भिडियो रिपोर्टसहित)

२७ कात्तिक २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय आवश्यकतालाई परिपूर्ति हुनेगरी जनगणनाको कामलाई सफलतापूर्वक सम्पन्न गराउन सम्बन्धित सबै पक्षलाई आग्रह गर्नु भएको छ ।

केन्द्रीय तथ्यांक विभागका पदाधिकारीसँग आफ्नो र परिवारको विवरण दिँदै उहाँले सही तथ्यांक संकलनका लागि उच्च सतर्कताका साथ काम गर्न पनि सबै गणकलाई अनुरोध गर्नुभयो ।

उहाँले जनगणनाको कामलाई सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने मूल नाराका साथ बिहिबार सुरु भएको जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरीवेक्षक परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *