Main News
प्रधानन्यायाधीश विवादबारे सत्ता गठबन्धनको साझा धारणा चाँडै आउने प्रचण्डको दाबी
२०७८ कार्तिक २७ गते ८:०२

२७ कात्तिक २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायालयमा भएको विवादको विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताउनु भएको छ ।
हिजो माओवादी केन्द्र भोजपुरको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले यस्तो बताउनु भएको हो ।
पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएको बताउनु भयो ।
उहाँले सर्वोच्च अदालत भित्रको विवाद त्यही भित्रबाटै मिलाउन सके राम्रो हुने भन्दै यस विषयमा गठबन्धनको साझा धारणा छिटै आउने बताउनुभयो ।
प्रतिक्रिया