Main News

न्यायालयमा देखिएको गतिरोधबारे मन्त्री बडुले प्रधानमन्त्रीलाई गराए जानकारी

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १५:१७
न्यायालयमा देखिएको गतिरोधबारे मन्त्री बडुले प्रधानमन्त्रीलाई गराए जानकारी

२६ कात्तिक २०७८ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोधबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेर मन्त्री बडुले न्यायाधीश र कानून व्यवसायीहरुको आन्दोलन र न्यायालयमा देखिएको गतिरोधबारे जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस लगतै प्रधानमन्त्री देउवाले सर्वोच्च अदालत परिसरमा खटिएका सशस्त्र प्रहरी बललाई फिर्ता बोलाउनुका साथै बल प्रयोग नगर्न निर्देशन दिनुभएको थियो । हिजो मात्र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको स्रोतले बताएको छ ।

प्रधान्यायाधीश शीतल निवास पुगे लगतै प्रधानमन्त्री देउवा पनि पुग्नुभएको बताइएको छ । उहाँहरुबीच करिब १ घण्टा कुराकानी भएको बुझिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश तथा कानून व्यवसायीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *