इन्धनमा भएको मूल्यवृद्धिविरुद्ध सत्तारुढ दलनिकट विद्यार्थी संगठनद्धारा निगम घेराउ

२६ कात्तिक २०७८ काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै आएको संयुक्त विद्यार्थी संगठनले टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।
नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्दै विद्यार्थी संगठनहरुले तत्काल मूल्यवृद्धि फिर्ता गर्न सरकारलाई दबाव दिएका हुन् ।
विद्यार्थी संगठनका नेताहरुले आम जनता र विद्यार्थीलाई चुल्होसमेत बल्न नदिने गरी एलपी ग्यासलगायतका पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको राजीनामा माग गरेका छन् ।
संयुक्त विद्यार्थी संगठनहरुले जनतालाई आहात हुने गरी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेताहरुलाई पनि दबाव दिइरहेका छन् ।
पेट्रोलियम पदार्थको पछिल्लो पटक मूल्यवृद्धि गरिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेमा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले पनि सरकारविरुद्धको आन्दोलनलाई चर्काएको छ ।
प्रतिक्रिया