Main News

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतको गेट अगाडि कानून व्यवसायीको प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २६ गते १३:३४
प्रधानन्यायाधीशको राजीनामा माग्दै  सर्वोच्च अदालतको गेट अगाडि कानून व्यवसायीको प्रदर्शन (भिडियो रिपोर्टसहित)

२६ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीले आज पनि सर्वोच्च अदालतको गेट अगाडि प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीशलाई प्रवेश नदिन कानून व्यावसायीले धर्ना दिए प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनका क्रममा प्रधानन्यायाधीश पक्षधर कानून व्यवसायी र प्रधानन्यायाधीशको राजीनामा माग्दै आएको नेपाल बारको आन्दोलनरत समूहबीच सामान्य झडपको अवस्था सिर्जना भएको थियो ।

झडप हुने अवस्था आएपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । प्रधानन्यायाधीश राणालाई सर्वोच्च प्रवेशमा रोक्ने गरी आन्दोलनको घोषणा गरेपछि अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । तर वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरी प्रहरी हटाउन भने पछि प्रहरी हटाइएको थियो ।

आन्दोलनलाई मध्यनजर गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगर प्रहरीलाई सर्वोच्च परिसरमा तैनाथ गरिएको थियो । देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारसँगै जोडिएको सर्वोच्च अदालत क्षेत्र निषेधित क्षेत्रमा पर्छ ।

त्यसपछि रुष्ट कानून व्यवसायीले प्रधानन्यायाधीशविरुद्धको निर्णायक आन्दोलनको चेतावनी दिएका थिए । उनीहरुले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनु पर्ने माग गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले मुद्दाहरुकै फैसला हुन नसक्नुको कारण प्रधानन्यायाधीश भएको आरोप लगाउनु भयो ।

हिजो कानून व्यवसायीले निषेधित क्षेत्र तोडेर कोणसभा आयोजना गर्न लाग्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *