प्रधानन्यायाधीश राणा सधैं वैकल्पिक गेटबाट सर्वोच्च प्रवेश
२६ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कानून व्यवसायीहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गर्नु भएको छ ।
उहाँ सर्वोच्चको १ नम्बर गेट हुँदै ११ बजेतिर अरु बेला बन्द रहने महान्यायाधिवक्ताको कार्यालय छेउको गेट खोल्न लगाएर कानून व्यवसायीको धर्नालाई छल्दै अदालत छिर्नु भएको हो ।
नेपाल बार एशोसिएशनका सदस्यहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उहाँलाई प्रवेश गर्न नदिएपछि राणा वैंकल्पिक बाटो हुँदै अदालत प्रवेश गर्नु भएको हो ।
प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीश, सर्वोच्च बार र नेपाल बार एशोसिएशन तीन सातादेखि आन्दोलनमा छन् ।
आज कानून व्यवसायीले प्रधानन्यायाधीशलाई अदालत प्रवेश गर्न नदिने भन्दै धर्ना दिएपछि प्रहरीले मुख्य गेट बन्द गरेर कानून व्यवसायीमाथि हस्तक्षेप समेत गरेको थियो ।
प्रतिक्रिया