Main News
आज दिउँसोपछि प्रदेश १ र २ को मौसम बदली हुने
२०७८ कार्तिक २६ गते ९:०३
२६ कात्तिक २०७८ काठमाडौं । आज दिउँसोपछि प्रदेश १ र २ को मौसम बदली हुने मौसमविद्ले बताएका छन् ।
अहिले मौसम सफा रहेको प्रदेश १ र २ को मौसम दिउँसोपछि भने बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अरु प्रदेशको मौसम भने सामान्यतया सफा नै रहनेछ ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले दिउँसोपछि प्रदेश १ र २ मा बादल लागेपनि पानी पर्ने सम्भावना भने निकै कम रहेको पनि उहाँको भनाइ छ ।
यस्तै राति प्रदेश१ र २ सँगै अरु प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । अरु ठाउँको मौसम भने सफा नै रहने मौसमविद् सापकोटाको भनाइ छ ।
राति मौसम सफा रहेकाले बिहान न्यूनतम तापक्रम भने घट्ने क्रम चलिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रतिक्रिया