Main News

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

हिमालय टिभी
२०७८ कार्तिक २६ गते ८:४९
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

२६ कात्तिक २०७८ काठमाडौं । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिब गंगालाल तुलाधारले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो। शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक बानेश्वरमा बस्ने भएको हो।

विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *