Main News

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग नलगाए सडकमा उत्रने नागरिक आन्दोलनको चेतावनी

हिमालय टिभी
२०७८ कार्तिक २६ गते ७:२०
प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग नलगाए सडकमा उत्रने नागरिक आन्दोलनको चेतावनी

२६ कात्तिक २०७८ काठमाडौं । बृहत् नागरिक आन्दोलनले विवादित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका विषयमा संसदका राजनीतिक दलहरू मौन बसिरहे उनीहरूविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ।

न्यायिक नेतृत्व दिन अक्षम प्रधानन्यायाधीश राणालाई महाभियोग लगाएर न्याय सेवा चलायमान गराउन सहयोग गर्नुपर्ने राजनीतिक दलहरूले अकर्मण्य मौनता साँधेको भन्दै बृहत् नागरिक आन्दोलनले गम्भीर आपत्ति जनाएको छ ।

विज्ञप्ति जारी गर्दै बृहत् नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणा आफ्ना सहकर्मी न्यायाधीशहरूको बहिष्कार र अधिवक्ताहरूको आन्दोलनबाट एक्लिए पनि राजनीतिक नेताहरूको अनिर्णयको लाभ पाइरहेको र न्यायपालिका आफैं बन्दी भएको जनाएको छ ।

लोकतन्त्र र संविधान रक्षा गर्न भनेर उच्चस्तरीय राजनीतिक समन्वय समिति गठन गर्ने गठबन्धनका नेताहरूले न्यायपालिकामा जारी संकटप्रति आफ्नो जिम्मेवारी र कर्तव्य महशुस नगर्नु गम्भीर राजनीतिक विचलन भएको बृहत् नागरिक आन्दोलनको आरोप छ।

नेपाल बारको नेतृत्वमा सर्वोच्च अदालतको परिसरभित्रै भएको प्रदर्शनविरूद्ध प्रहरी परिचालन गरी आन्दोलनरत वकिलहरुलाई लछापरपछार गरिएको घटनाप्रति पनि नागरिक आन्दोलनले आक्रोश व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *