Main News

आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु

हिमालय टिभी
२०७८ कार्तिक २५ गते ९:०४
आजदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु

२५ कात्तिक २०७८ काठमाडौं । आजबाट नेपालको १२ औँ राष्ट्रिय जनगणनामा शुरू भएको छ । सरकारले संघीयतापछि पहिलो पटक जनगणना गर्न लागेको हो ।

जनगणनामा सहभागी हुन सरकारले सबै नागरिकलाई आग्रह गरेको छ । यसपटक ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मूल नाराका साथ जनगणना गर्न लागिएको हो ।

देशको पछिल्लो स्थितिलाई लिएर १० बर्षमा एक पटक हुने जनगणनाले समाजको आउँदो दिनको समेत मार्गनिर्देशन गर्ने भएकाले सही विवरण टिपाउन तथा कोही नछुट्न केन्द्रीय तथ्याङ्क विभागले अनुरोध गरेको छ ।

राष्ट्रिय तथ्याङ्कलाई विरोधाभाषबाट मुक्त गराउनका लागि सही सूचना सम्प्रेषण गर्न विभागले आग्रह गरेको छ । अहिले सङ्कलन गरिएको तथ्याङ्क प्रशोधन गरेर नतिजा प्रकाशन गर्न ६ देखि ८ महिना लाग्ने छ ।

सङ्कलित तथ्याङ्क मङ्सिर मसान्तसम्म केन्द्रमा आउने र प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने विभागको तयारी रहेको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताउनुभयो । भोलिदेखि मंसिर ५ सम्म ४० हजार गणकहरू घर–घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *