Main News

कुनै पनि दबावमा राजीनामा नदिने प्रधानन्यायाधीश राणाको प्रष्टीकरण

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १८:४७
कुनै पनि दबावमा राजीनामा नदिने प्रधानन्यायाधीश राणाको प्रष्टीकरण

२३ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले कुनै पनि दबावमा परेर राजीनामा नदिने बताउनुभएको छ ।

कानून व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानको ज्ञापनपत्र बुझ्दै प्रधानन्यायाधीश राणाले कुनै हालतमा राजीनामा नदिने बताउनुभएको हो ।

नेपाल बार एशोसिएशन र न्यायाधीशहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै चरणबद्ध आन्दोलन गरिरहँदा उहाँले कुनै दबाव र आन्दोलनसमक्ष नझुक्ने प्रष्ट पार्नुभयो । विधान र न्याय प्रशासन ऐनले दिएको अधिकार प्रयोग गरेर सर्वोच्च अदालत सञ्चालन गर्ने उहाँको भनाइ छ ।

संविधानबमोजिम आफ्नो नियुक्ति भएको भन्दै उहाँले संविधान बमोजिम नै बहिर्गमन चाहेको उल्लेख गर्नुभयो । अभियानले न्यायपालिकामा देखिएको संकटबारे प्रधानन्यायाधीशको ध्यानाकर्षण गराएको थियो ।

सो क्रममा प्रधानन्यायाधीश राणाले अदालतको समस्याबारे आफू जानकार रहेको बताएको अभियानका संयोजक अधिवक्ता शिव अर्यालले जानकारी दिनुभयो ।

प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसक्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुले कात्तिक ८ गतेदेखि इजलास बहिस्कार गर्दै आएका छन् । नेपाल बारले जबराको राजीनामा माग्दै दोस्रो चरणको विरोधका कार्यक्रम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *