Main News

हिउँदे अधिवेशनमा प्रदेशको नामकरण हुन्छः मुख्यमन्त्री राई

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १८:२७
हिउँदे अधिवेशनमा प्रदेशको नामकरण हुन्छः मुख्यमन्त्री राई

२३ कात्तिक २०७८ धनकुटा । प्रदेश १ का मूख्यमन्त्री राजेन्द्रकुमार राईले आउँदो हिउँदे अधिवेशनमा प्रदेश नामकरण गर्ने बताउनु भएको छ ।

मुख्यमन्त्री भएपछि पहिलो पटक सम्पर्क कार्यालय धनकुटा पुगेका राईले पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको नामकरणबारे विवाद भएको भनेर पहिलेको सरकारका मन्त्री र नेताले भ्रम छरेको आरोप लगाउनुभयो ।

मुख्यमन्त्री राईले प्रदेश सभामा नामकरणको विषय कहिल्यै प्रवेश नै नगरेको बताउनुभयो ।

मुख्यमन्त्री राईले आजै धनकुटाका कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *