Main News
प्रधानन्यायाधीशविरुद्ध बारले गरेको आन्दोलनविरुद्ध उत्रिएका तीन जना महिला पक्राउ (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक २३ गते १७:१७

२३ कात्तिक २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएशनले गरेको आन्दोलनविरूद्ध उत्रिएका तीन जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रधानन्यायाधीशको राजीनामा माग्दै बार परिसरमा अधिवक्ताहरूको विरोध भइरहँदा तारा बरालसहितका तीन जना महिला बारका अध्यक्ष चन्डेश्वर श्रेष्ठको कार्यकक्षमा ताला लगाउन अघि बढेका थिए । त्यही बेला प्रहरीले उनीहरुलाई बार परिसरबाटै पक्रेको हो ।
पक्राउ परेका महिलाहरूले आफूलाई अभियान्ता भएको बताएका छन् । उनीहरुले विदेशीको पैसा खाएर बार न्यायालयविरूद्ध उत्रिएको आरोप लगाएका छन् ।
प्रतिक्रिया