Main News

सरकारद्वारा तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १६:५१
सरकारद्वारा तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन

२३ कात्तिक २०७८ काठमाडौं । सत्तरुढ ३ मुख्य दलबीचको भागबन्डा अनुसार सरकारले तीन वटा प्रदेशमा नयाँ प्रमुख नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

राष्ट्रपतिले नियुक्त गरेपछि उहाँहरुलाई भोलि सपथ गराउने तयारी भएको छ । हाल प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्दप्रसाद कलौनी र सुदूपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख हुनुहुन्छ ।

कर्णालीमा नियुक्त भएका परियार यसअघि प्रदेश २ को प्रमुख हुनुहुन्थ्यो । परियारलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुनमा पदमुक्त गर्नुभएको थियो ।

यस्तै सरकारले मोतिपुर औद्योगिक करिडोर घटनाका मृतक परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गर्ने निर्णय पनि गरेको जानकारी दिनुभयो ।

मन्त्री कार्कीले खोप लगाउन योग्य बालबालिकादेखि वृद्धसम्म सबैलाई खोप लगाउने सरकारको नीति रहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *