Main News
कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, ५३३ संक्रमित थपिँदा ४८४ संक्रमणमुक्त
२०७८ कार्तिक २३ गते १६:४६

२३ कात्तिक २०७८ काठमाडौं । नेपालमा ५ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय १८ जनाको पीसीआर परीक्षणमा ४ सय ४३ र १ हजार ८ सय १८ एन्टीजेन परीक्षणमा ९० जनामा संक्रमण पुष्टि भएको हो । यो कूल परीक्षणको ३ दशमलब एक आठ प्रतिशत हो ।
आज थपिएका संक्रमितमा काठमाडौं उपत्यकाका १ सय ६९ जना छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मोरङमा ४२ जनामा संक्रमण देखिएको छ । थप एक जनाको मृत्यु भएसंगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ५४ पुगेको छ ।
पछिल्लो समय ४ सय ८४ जना संक्रमणमुक्त भएका छन् । देशभर संक्रिय संक्रमितको संख्या ७ हजार ७ सय १२ रहेको छ । पछिल्लो पटक ४३ हजार ३ सय ८० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
प्रतिक्रिया