Main News

प्रधानन्यायाधीश राणाबाट न्याय पाउने सम्भावना समाप्तः बार अध्यक्ष श्रेष्ठ(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक २३ गते १३:५२
प्रधानन्यायाधीश राणाबाट न्याय पाउने सम्भावना समाप्तः बार अध्यक्ष श्रेष्ठ(भिडियो रिपोर्टसहित)

२३ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधान्यायाधीश चोलेन्द्र शम्शेर राणाबाट न्याय पाउने सम्भावना समाप्त भइसकेको बताउनु भएको छ ।

प्रधानन्यायाधीश राणालाई बिचौलियाका नाइकेको संज्ञा दिँदै अध्यक्ष श्रेष्ठले अब उहाँबाट न्याय नपाइने दाबी गर्नुभयो ।

अध्यक्ष श्रेष्ठले पर्सिदेखि काठमाडौं उपत्यकाका सबै अदालतमा बिहान १० बजेदेखि १२ बजेसम्म इजलासमा नबस्न न्यायाधीशहरूलाई आग्रह गर्नुभयो ।

उपत्यका बाहिर आगामी कात्तिक २८, २९ र ३० गते कानुन व्यवसायीले कालोपट्टी बाँधेर विरोध गर्ने बारले यसअघि नै घोषणा गरिसकेको छ ।

बिचौलियाका नाइके रहेका राणालाई जोगाउन खोजे अबको आन्दोलन दलहरूविरुद्ध हुने नेपाल बारका अध्यक्ष श्रेष्ठको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *