Main News
आज देशभरको मौसम सामान्यतया सफा रहने
२०७८ कार्तिक २३ गते ९:१९

२३ कात्तिक २०७८ काठमाडौं । आज देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले आज देशभरी कै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना छ । तर राति देशको पहाडी भूभागमा आंशिक बदली भएपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने छ।
राति मौसम सफा भएपछि बिहान भने न्यूनतम तापक्रम घटेर चिसो बढ्ने मौसमविद्ले बताएका छन् ।
प्रतिक्रिया