Main News

जबराको बहिर्गमनका लागि बारले गुहा-यो राजनीतिक नेतृत्व

हिमालय टिभी
२०७८ कार्तिक २३ गते ७:५६
जबराको बहिर्गमनका लागि बारले गुहा-यो राजनीतिक नेतृत्व

२३ कात्तिक २०७८ काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनका लागि आवश्यक निर्णय लिन राजनीतिक नेतृत्वलाई आग्रह गरेको छ ।

प्रधानन्यायाधीश राणा पदमा बस्न अयोग्य भएको भन्दै उहाँलाई राजीनामा दिन सुझाएको बारले राजीनामा नदिएमा आवश्यक निर्णय लिन राजनीतिक नेतृत्वलाई आग्रह गरेको हो ।

बारका महासचिव लीलामणि पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवासहित संसद्‍मा रहेका राजनीतिक दललाई राणालाई पदमुक्त गराउन आवश्यक अग्रसरता लिन आग्रह गर्दै ज्ञापनपत्र बुझाउने निर्णय गरेको जानकारी दिनुभयो । बार एशोसिएशनले प्रधानन्यायाधीशको राजीनामाको विकल्प नभएको बताउँदै आएको छ ।

बारले न्यायलयको नेतृत्व लिन राणा किन असफल हुनुभयो र उहाँले किन पद छाड्नुपर्छ भन्नेबारे राजनीतिक दलहरू लगायत सबै सरोकारवालालाई स्पष्ट पार्न आगामी तीन दिनभित्र स्वेतपत्र सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।

नेपाल बारले आज बिहान साँढे १० बजे पनि सर्वोच्च अदालतको प्राङगणमा धर्ना दिने जनाउँदै त्यसमा सहभागी हुन कानुन व्यवसायीलाई आह्वान गरेको छ । नेपाल बारले आगामी कात्तिक ३० गतेसम्मका लागि प्रधानन्यायाधीश राणाविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार कात्तिक २३ देखि ३० गतेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा विरोधका कार्यक्रम गर्नेछ । उक्त अवधिमा उपत्यकाका सबै कानुन व्यवसायी आन्दोलनमा सहभागी हुने कारणले उपत्यकाभित्रका जिल्ला अदालत, उच्च अदालत र विभिन्न न्यायाधीकरणमा बिहान १० देखि १२ बजेसम्म सुनुवाइ रोक्न माग गर्दै पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *