Main News

विविधतायुक्त धर्म‚ संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

हिमालय टिभी
२०७८ कार्तिक १९ गते ७:०९
विविधतायुक्त धर्म‚ संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

१९ कात्तिक २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवत्‌ले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन्।

नेपाल संवत् नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिँदै उनले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने उल्लेख गरे। नेपाल संवत्‌का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेका प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्।

नेपाल संवत्‌को प्रचलन र गरिवी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको ऐतिहासिक योगदानले राष्ट्रको गौरव बढाएकोमा उनलाई राष्ट्रिय विभूति पदले सम्मानित गरिएको शुभकामना सन्देशमा उल्लेख छ।

प्रधानमन्त्री देउवाले नेपाल संवत् ११४२ को उपलक्ष्यमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.