राजनीति

पहिलो पुस्ता सभ्य र मर्यादित बन्न नसक्दा आशा गरिएको दोस्रो पुस्ता पनि उस्तै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक १८ गते २०:४२
पहिलो पुस्ता सभ्य र मर्यादित बन्न नसक्दा आशा गरिएको दोस्रो पुस्ता पनि उस्तै (भिडियो रिपोर्टसहित)

१८ कात्तिक २०७८ काठमाडौं । राजनीतिक कार्यकर्ताका लागि पार्टी एउटा स्कुल र नेतृत्व गुरुका रुपमा हुन्छ । तर नेपालका कम्युनिष्ट गुरुहरु एक आपसमा असभ्य बोली र व्यवहार प्रस्तुत गरिहरेका छन् । राजनीतिक नेतृत्वको पहिलो पुस्ता सभ्य र मर्यादित बन्न नसक्दा आशा र भरोसा गरिएको दोस्रो पुस्तासमेत असभ्य हुँदै गएको छ ।

बुधबार नेकपामा एमाले नेता योगेश भट्टराई माधवकुमार नेपालको पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको भनेर निच शब्द प्रयोग गर्नुभयो ।

केही महिनासम्म माधव नेपालकै कट्टर कार्यकर्ता योगेश भट्टराईको यो भनाइ प्रति सामाजिक सञ्जालदेखि राजनीतिक जगतमा आलोचना भइरहेको छ । तर उहाँलाई यसमा कुनै पछुतो छैन । फेरि बिहीबार सामाजिक सञ्जालमा भट्टराईले घुँडा मुनी हानेको टाउकैमा लागेछ भनेर थप विवादित भनाइ राख्नु भयो । उनै योगेश भट्टराईलाई ओलीले कुनै समय भन्ने गरेको ‘बैगुनी केटो’को संज्ञा दिनु भएको थियो ।

भट्टराई माधव नेपाल समूहमा हुँदा ओलीलाई निरंकुश भनेर आलोचना गर्नु हुन्थ्यो । पछिल्लो समय नेपाली राजनीतिमा यस्ता तुच्छ शब्दहरु निरन्तर भइरहका छन् । प्रधानमन्त्रीबाट बाहिरिएर बालकोटको बारदलीबाट पुगेपछि ओलीले आफ्ना तत्कालीन सहकर्मी माधव नेपाललाई लाजशरम नभएको व्यक्ति भन्दै तथानाम गाली गर्नुभएको थियो ।

नेकपा हुँदा दुई अध्यक्ष भएर पार्टीमा प्रचण्डले समेत प्रधानमन्त्री भएको व्यक्तिलाई केपी ओली विक्षिप्त भएर बर्बराएको आरोप लगानुभयो ।

यतिमात्र होइन माधव नेपालले त ओलीलाई सामान्य आदरार्थी शब्दसमेत प्रयोग नगरेर तँ भनेर सम्बोधन गर्नु भयो ।

ओलीले पनि आफ्नो सरकार गिराउन सहयोग गरेको भन्दै नेता नेपाललाई कुलंगारसमेत भन्न छोड्नुभएन ।

नेपाल पनि जस्तालाई त्यस्तैको शैलीमा जवाफ फर्काइरहनु भएको छ । ओलीले १५ वर्ष पार्टीको महासचिव र संगठन चलाएको व्यक्तिलाई अहिले अर्कौ पार्टी खोल्दा तँ शब्दको प्रयोग गरिरहुनुभएको छ ।

ओलीले उस्तै निच शब्दहरुको प्रहार प्रचण्डमाथि पनि गरिरहनु भएको छ ।प्रचण्ड पनि ओलीलाई गणतन्त्र विरोधी नेता भन्दै आलोचना गर्नु भएको छ।

यी त प्रतिनिधि शब्दहरु मात्र हुन्, कम्युनिष्ट पार्टीको नेतृत्वले एकअर्कोलाई गिराउन निम्नस्तरको शब्द र व्यवहार निरन्तर गरिरहेका छन् । विगतका आफ्नै गुरुदेखि सहपाठी,सहकर्मीसम्मलाई अपशब्दहरु प्रयोगको शिलशिला जारी नै छ । नेताहरुको यस्तो बोली र व्यवहारबाट नयाँ पुस्ताले के सिक्ला, अनि भावी नेतृत्व कस्तो आउला ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्