Main News
पेट्रोलिय पदार्थको मूल्यवृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह (भिडियो रिपोर्टसहित)
२०७८ कार्तिक १८ गते १८:४८

१८ कात्तिक २०७८ काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय बजारमै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहँदा नेपालमा पनि मूल्य वृद्धि हुनु स्वभाविक भए पनि राजनीतिक दल र तिनका भातृ संगठनहरुले यसलाई राजनीतिक विषय बनाएको उहाँको आरोप छ ।
अहिलेसम्म ३३ रुपैयाँसम्म मूल्य समायोजन भइसकेको भएपनि अहिले पनि निगम पाक्षिक पौने २ अर्ब रुपैयाँ भन्दा बढी घाटामा रहेको जानकारी दिए ।
प्रतिक्रिया