कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ३५६ संक्रमित थपिँदा ५१८ संक्रमणमुक्त

१८ कात्तिक २०७८ काठमाडौं । पछिल्लो पटक नेपालमा थप ३ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २ सय ८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै काठमाडौंमा ८४, ललितपुरमा ३४, मोरङमा २३, सुनसरी र भक्तपुरमा १९र१९, रुपन्देहीमा १७ र कास्कीमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक ५ सय १८ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिले देशभर ८ हजार ८ सय ९० जना सक्रिय संक्रमित छन् ।
जसमध्ये ८ हजार २ सय ३३ जना होम आइसोलेसनमा र ६ सय ५७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २ सय १५ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार चार सय ३६ पुगेको छ ।
प्रतिक्रिया