Main News

प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७८ कार्तिक १८ गते ९:०८
प्रदेश १ को पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

१८ कात्तिक २०७८ काठमाडौं । आज प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभावले आज प्रदेश १ को पहाडी भूभागका एकदुइ स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आज देशभरका पहाडी क्षेत्रको मौसम आशिंक बदली भएपनि अरु ठाउँको मौसम भने सफा रहनेछ । यस्तै प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको हिमाली भेगमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् प्रधानाङ्गको भनाइ छ ।

यस्तै राति देशको पहाडी भेगमा आंशिक बदली हुँदा अरु ठाउँको मौसम भने सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भेगमा भने हल्का हिमपातको सम्भावना छ ।

राति मौसम सफा हुँदा बिहान चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *