राजनीतिक दलहरुले जनतालाई तर्साउँदै हिँडेको पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आरोप (भिडियो रिपोर्टसहित)
१७ कात्तिक २०७८ काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउँदै हिँडेको आरोप लगाउनु भएको छ ।
काठमाडौंमा आज भएको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतामाथि आफ्नो अधिपत्य जमाउनका लागि थर्काउने र तर्साउने गरेको बताउनुभयो । उहाँले दलहरुका यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सहि दिशाबोध गर्न नसकेको बताउनुभयो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीको रुपमा विकसित भएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक दलहरुले हरेक विषयको निर्णय गर्दाखेरी आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको आरोप लगाउनुभयो ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले वर्तमान संविधानको कार्यान्वयन गर्नका लागि राज्य आर्थिक रुपले सुदृढ हुनुपर्ने बताउनुभयो । आर्थिक रुपमा सक्षम नहुञ्जेलसम्म संविधानको कार्यान्वयन गर्न नसकिने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले एक टेलिभिजन कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफूलाई विवेक नभएको मान्छे भनेको तर्फ इंकित गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले आफ्नो विवेक बारे आफुले दाबी नगर्ने बताउनुभयो ।
प्रतिक्रिया