Main News

न्यायापालिकाको समस्या आफैले समाधान गरोस् भन्ने चाहना छः मन्त्री बडु

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १८:३२
न्यायापालिकाको समस्या आफैले समाधान गरोस् भन्ने चाहना छः मन्त्री बडु

१६ कात्तिक २०७८ काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफैँले छिटो समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताउनु भएको छ ।

मन्त्री बडुले संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिका भित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने रहेको तर्क समेत गर्नु भयो ।

मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धि कानुनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

मन्त्री बडुले स्वतन्त्र न्यायालयमा समस्या देखिदा त्यसप्रति चिन्ता लाग्नु स्वभाविकै भएको पनि बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *