Main News

प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए सपथ

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १७:०२
प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए सपथ

१६ कात्तिक २०७८ काठमाडौं । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुनु भएको छ ।

प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १ सय ६८ (२) अनुसार राईलाई दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राईले आजै ४ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री र हिमाल कार्की भौतिक पूर्वाधार मन्त्री, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री र जसपाबाट जयराम यादव सामाजिक विकास मन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी कृष्णकुमारी तुम्बाहाङ्फे सामाजिक विकास राज्यमन्त्री नियुक्त हुनु भएकोछ। नवनियुक्त मुख्यमन्त्री
राईसहित अन्य मन्त्रीलाई प्रदेश प्रमुख अधिकारीले सपथ गराउनुभएको छ ।

राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४९ जना सांसदको समर्थन छ ।

प्रदेश १ का एमालेका सांसद भीमप्रसाद आचार्यले राजीनामा दिएपछि राईले प्रदेश १ को सरकार बनाउनु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *