Main News
कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ४६९ संक्रमित थपिँदा ५५५ संक्रमणमुक्त
२०७८ कार्तिक १६ गते १६:१९
१६ कात्तिक २०७८ काठमाडौं । देशभर कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ भने थप ४ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१० हजार २ सय ८७ जनामा गरिएको परीक्षणमा ४ सय ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संक्रमणदर ४ दशमलव ५५ प्रतिशत हो ।
सबैभन्दा धेरै काठमाडौंमा ९९ संक्रमित थपिएका छन् । यस्तै, २४ घण्टाको अवधिमा ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १ सय ७४ रहेको छ ।
थप ८० हजार ८ सय १८ जनालाई कोरोनाविरुद्धको खोप दिइएको छ । योसँगै १८ बर्षमाथिका ४३ दशमलव ६ प्रतिशत प्रतिशतले पहिलो मात्रा र ३६ दशमलव ८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।
प्रतिक्रिया