Main News

आज पनि देशका पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ कार्तिक १६ गते १०:२५
आज पनि देशका पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

१६ कात्तिक २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिक बदली रहने बताएको छ ।

हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएपनि देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने उल्लेख गरिएको छ ।

यस्तै प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *